|

दाङ : दाङमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १४ लुहासुर बस्ने ५५ वर्षीय नन्दबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

शुक्रवार साँझ करिब साढे ७ बजेतिर घोराही १४ नयाँ  बसपार्कमा डुम्मर गाउँबाट मिलनचोकतर्फ जाँदै गरेको लुप्र ०२००१ प ०७४६ नम्बरको मोटरसाइकलले पैदलयात्री घर्ती र ४५ वर्षीय मनमती नेपालीलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट घाइते घर्तीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा डाक्टरले जाँच गर्दा राती करिब सवा ८ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी ईश्वर थापाले जानकारी दिए।

उनका अनुसार घाइते नेपालीको प्रतिष्ठानमा उपचार भइरहेको र उनका अवस्था मध्यम रहेको छ। यस्तै मोटरसाइकल र मोटरसाइकल चालक घोराही १० नारायणपुरका २१ वर्षीय तीलक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको समेत जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.