|
फाइल तस्वीर

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको संस्कृति र परम्परा संरक्षणबाट मुलुकको समृद्धि झल्किने बताएका छन्।

मुख्यमन्त्री निवासमा आज मोरङका सञ्चारकर्मीले देउसी खेलेपछि शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले नेपालीको दोस्रो ठूलो चाड तिहारले सम्पूर्ण नेपालीमा सामाजिक सद्भाव कायम राखि एक सुत्रमा बाँध्न सहयोग पुगेको बताए। 

उनले यही वर्ष प्रदेशमा हुने लगानी, चिया सम्मेलन र कोशी प्रदेश पर्यटन वर्ष, २०८२’ घोषणाबाट प्रदेशमा आर्थिक चलायमान, रोजगार वृद्धि तथा नागरिकको जीवनस्तर उकास्नमा सहयोग पुग्ने बताए। 

मुख्यमन्त्री कार्कीले ती कार्यक्रमलाई भव्य बनाउन सहयोग गर्न पत्रकारहरुसमक्ष आग्रह गरे। भारतीय पर्यटकलाई लक्षित गरी झापाको काँकडभिट्टा र विराटनगरको पर्यटकीय क्षेत्रका सम्पूर्ण पक्षसहितको जानकारी दिन सूचना केन्द्र स्थापना गरिने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.