|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा शहर नै जीवित संग्रहालय रहेको बताएका छन्।

शनिबार भक्तपुरमा नेपाल संवत ११४५ को अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भक्तपुर पूरा शहरलाई नै जीवित संग्रहालय मान्न सकिने अवस्थामा पुगेको बताए। उनले भक्तपुर पर्यटकहरुको लागि पनि आकर्षणको केन्द्रबिन्दु बनेको बताए।

उनले आफ्नो मौलिकता, इतिहास, परम्परा, संस्कृति, साहित्य भक्तपुरमा देख्न सकिने बताए।

उनले भने, ‘भक्तपुरलाई जीवित संग्रहालय भनेर पनि मानिन्छ। यो संग्रहालय पनि हो। जुन संग्रहालयमा मानिसहरु बसोवास परापूर्व कालदेखि बसेका छन्। मानिसहरु बस्दाबस्दै यसलाई संग्रहालय मान्न सकिने अवस्थामा पुगेको छ। सिंगै शहर। भक्तपुर एउटा जिउँदो संग्रहालय हो।'

प्रधानमन्त्री ओलीले नेपालको संस्कृतिको संरक्षण गर्न सरकार लागिपरेको बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.