|

काठमाडौं : महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल सम्वतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्ने बताएकी छन्।

नेपाल संवत ११४५ को अवसर पारेर शनिबार काठमाडौंमा वसन्तपुरमा आयोजित एक समारोहमा उनले सो आवश्यकता औंल्याएकी हुन्। उपमेयर डंगोलले व्यावहारिक पक्षमा नेपाल संवत हरेकले लागू गर्दै आएको भए पनि त्यसको महत्व बोध गराउने कार्यका लागि यसलाई प्रशासनिक रुपमा अघि बढाउने कार्यलाई पनि तीब्रता दिनुपर्ने स्पष्ट पारिन्।

उनले नेपाल संवतलाई सरकारले राष्ट्रिय संवतको मान्यता दिएको स्मरण गराउँदै त्यसको प्रयोगलाई अघि बढाउने कुरालाई दिनचर्याको रुपमा सबैले अघि बढाउनुपर्ने पनि बताइन्।

त्यस अवसरमा उपमेयर डंगोलले नेपाल सम्वत समारोहका लागि काठमाडौं महानगरपालिकाले सहयोग गर्दै आएको र त्यसलाई सदैव निरन्तरता दिने पनि बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.