|

काठमाडौं : शहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्ट प्रस्थान गरेका छन्। ‘वर्ल्ड अर्बान फोरम’मा सहभागी हुन उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार बिहान कायरो प्रस्थान गरेका हुन्। उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । 

नोभेम्बर ४ देखि ८ सम्म कायरोमा ‘वर्ल्ड अर्बान फोरम कार्यक्रम हुँदैछ  । ६ र६ वर्षमा हुने अर्बान फोरम शहरी विकासको क्षेत्रमा महत्वपूर्ण मानिन्छ । फोरममा विश्वका १५० भन्दा बढी देशको सहभागिता रहनेछ। अन्य देशबाट शहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहनेछ ।

शहरी विकासबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बोधन गर्ने छन्। कार्यक्रममा सहभागी भएर उनी आउदो शनिबार स्वदेश फर्किनेछन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.