काठमाडौं : तनहुँको बन्दीपुर गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
महोत्तरीको जलेश्वर नगरपालिका घर भई तनहुँको व्यास नगरपालिका-२ दमौली बस्ने २२ वर्षीय सुमित साहको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विकास पासवानका अनुसार बागमती प्रदेश २-०२-००३ प ९९४२ नम्बरको मोटरसाइकल नालामा खसेको अवस्थामा फेला पारेको बताए। मोटरसाइकल राति नै नालामा खसेको प्रहरीको अनुमान छ। आइतबार बिहान स्थानीयले साहलाई मृत अवस्थामा फेला पारेका थिए।
साहको साथमा रहेको परिचयपत्रमा व्यास नगरपालिका-१ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा बीबीए तेस्रो वर्षमा अध्ययरत रहेको उल्लेख भएको पासवानले जानकारी दिए।
घटनाको विस्तृत विरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।