काठमाडौं : इङ्लिस प्रिमियर लिगको वेस्ट लन्डन डर्बीमा वैकल्पिक खेलाडी ह्यारी विल्सनले स्टपेज टाइममा दुई गोल गरेपछि फुलहमले ब्रेन्टफोर्डविरुद्ध पुनरागमन जित हात पारेको छ।
एक गोलले पछि परेको फुलहमले सानदार पुनरागमन गर्दै २–१ गोल अन्तरले खेल आफ्नो पक्षमा पारेको हो।
प्रिमियर लिगको आफ्नो अघिल्लो खेलमा एभर्टनविरुद्ध अन्तिम समयमा सभ्मालिन नसक्दा अंक बाढेको मार्को सिल्भाको टोलीले यसपटक भने कमब्याक गर्यो।
क्रेभेन कुटीजमा भिटाली जेनेल्टले २४ औं मिनेटमा गोल गरेपछि घरेलु टोली वेस्टहमविरुद्ध ब्रेन्टफोर्डले सुरुवाती अग्रता बनायो। ब्रेन्टफोर्डले सो अग्रतालाई नियमित समयसम्म कायम राख्यो। स्टपेज टाइममा विल्सन खेलको नायक सवित भए।
इन्जुरी समयको दोस्रो मिनेटमा विल्सनले बराबरी गोल फर्काए। त्यसको ७ मिनेटपछि विल्सनले दोस्रो गोल गरेपछि वेस्टहमले स्पस्ट ३ अंक जोड्यो।
यसजितसँगै वेस्टहम प्रिमियर लिगको नवौं स्थानमा उक्लिएको छ। उसले १० खेलमा ४ जित सिहित १५ अंक जोडेको छ। समान खेलमा १३ अंकसहित ब्रेन्टफोर्ड १२ औं स्थानमा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।