|
फाइल तस्वीर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ।

हिजो बेलुकीदेखि ज्वरो आएपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंहले थाहाखबरलाई जानकारी दिइन्। 

डेंगु भएको आशंकामा प्रधानमन्त्री ओलीको रगत परीक्षण गरिए पनि डेंगु भने नदेखिएको उनले बताइन्।

ज्वरोले थलिएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक अरू भेटघाट स्थगित गरेका छन्। 

ओली अहिले चिकित्सकको निगरानीमा प्रधानमन्त्री निवास बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.