|

रौतहट  : मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमाले रौतहटले तीन वडाका अध्यक्ष पदका उम्मेदवारहरू चयन गरेको छ। आगामी उपनिर्वाचनमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६, इशनाथ नगरपालिका वडा नम्बर ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा चुनाव हुने भएको छ।

नेकपा एमाले रौतहटको सचिवालय बैठकले राजपुर नगरपालिका वडा नम्बर ६ का लागि नासिम अख्तर, इशनाथ नगरपालिका वडा नम्बर ७ का लागि शेख अनवर, र गढीमाई नगरपालिका वडा नम्बर ८ का लागि जिउती देवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

यो जानकारी नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहालले दिएका छन्। मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेसँगै नेकपा एमालेले रौतहटमा हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवारहरू चयन गरेको हो।

नेकपा एमाले रौतहटका जिल्ला अध्यक्ष सचिदानन्द शाहले विज्ञप्ति जारी गर्दै पार्टीका सबै सदस्यहरूलाई एकजुट भएर उम्मेदवारहरूलाई जिताउनका लागि लाग्न अपिल गरेका छन्।

उपनिर्वाचनको तयारीमा नेकपा एमालेले गरेको यो निर्णयसँगै तीनै वडामा चुनावी प्रतिस्पर्धा थप रोचक हुने आँकलन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.