विराटनगर : कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन्।
मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारीसमेत नदिई जापान गएका मन्त्री अधिकारीले आज राजीनामा दिएका हुन्।
अधिकारीको राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। राजीनामा दिएपछि मन्त्री अधिकारीले नैतिकताको आधारमा राजीनामा दिएको बताए।
उनले भने, 'सन्चार माध्यमा टिकाटिपणी आएपछि नैतिकताको खडेरी लागेको बेला उच्च नैतिकताका आधारमा मैले पदबाट राजिनामा दिएको हुँ।' समय अभावका कारण मुख्यमन्त्रीलाई जानकारी गराउन नसकेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।