काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउने गरी एकताबद्ध भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले सो निर्वाचनमा पार्टी विजयी हुने गरी परिचालन हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको हो।
पार्टी महामन्त्री एवं सो समितिका संयोजक विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधवार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले संयमताका साथ सम्पन्न गराउन हार्दिकता साथ प्रस्तुत हुन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरेको छ।
लोकतान्त्रिक पद्धतिप्रतिको आमनागरिकको विश्वासलाई अझै खँदिलो बनाउने गरी सो उपनिर्वाचनलाई हार्दिकताका साथ सम्पन्न गराउन बैठकले सबै राजनीतिक दलहरूलाई आग्रह पनि गरेको महामन्त्री शर्माले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।