काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।
प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जालमार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित ट्रम्प बधाई तथा सफलताको शुभकामना दिएका हुन्।
राष्ट्रपति ट्रम्पको नेतृत्वमा नेपाल र अमेरिकाको सम्बन्ध थप प्रगाढ बनाउन, पारस्परिक समृद्धि र सहयोगलाई बढावा दिन तत्पर रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।
उनले ट्रम्पको पुनरागमनलाई ऐतिहासिक भएको पनि उल्लेख गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।