|

काठमाडौं : दशैं तिहार सकिएलगत्तै अहिले देशका अधिकांश किसान धान काट्ने र भित्र्याउने काममा व्यस्त छन्। मानो रोपेर मुरी भित्र्याउने यो समयमा खोकनाका  फाँटमा लगाइएको धान काट्ने र चुट्ने काममा व्यस्त हुन थालेका किसानहरूको मुहारमा पनि खुसी देखिएको छ।

यस वर्ष मनसुनले साथ दिँदा नेपालमा धान रोपाइँ लगभग समयमै सकिएको थियो। कृषि विभागका अनुसार यस वर्ष कुल धान रोपाइँ हुने जमिनमध्ये १३ लाख ४९ हजार हेक्टरमा रोपाइँ भएको गत वर्षभन्दा यो वर्ष मनसुन सक्रिय हुँदा धान रोपाइँ समयमा नै सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका जानकारी दिएको छ।

पर्याप्त सिँचाइ सुविधा नहुँदा धान रोप्न आकाशे पानीको भर पर्नु पर्ने भएता पनि यस वर्ष पर्याप्त पानी परेकाले धान रोपाइँ पनि छिटो सकिएको थियो।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.