|

डोटी : उपचारका क्रममा बालिकाको मृत्यु भएपछि डोटी प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकलाई पक्राउ गरेको छ।

खेल्दै गर्दा लडेर बायाँ हात भाँच्चिएकी दिपायल सिलगढी नगरपालिका ३ कि ९ वर्षीया बालिका रजनी भुललाई उपचारका लागि सुजङ अस्पताल लगिएको थियो। 

घाइते बालिकालाई गएराति शल्यक्रिया गर्ने क्रममा औषधीले रियाक्सन गर्दा मृत्यु भएको भन्दै आफन्तले उजुरी गरेपछि प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकलाई पक्राउ गरेको हो।

उपचारमा संलग्न चिकित्सकहरू राजमणि यादव, सुरेन्द्रकुमार चौधरी र अभिषेक यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सूर्यप्रकाश भट्टले जानकारी दिए।  मृतक बालिकाको शव अस्पतालमै रहेको पनि प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.