|

काठमाडौं : युईएफए यूरोपा लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले पीओएके एफसीविरुद्ध २–० गोलको जित निकालेको छ। 

गएराति घरेलु मैदानमा भएको खेलमा अमाद डियालो चम्किएपछि युनाइटेडले लिगमा पहिलोजित निकालेको हो। डियालोले ५०औँ र ७७औँ मिनेटमा गोल गरे। यो जितसँगै चार खेलबाट ६ अंक जोडेको युनाइटेड १५औँ स्थानमा छ। समान खेलबाट पीएओके एफसी एक अंकका साथ ३३औँ स्थानमा छ। 

नयाँ प्रशिक्षक रुबेन अमोरिमको नेतृत्वमा म्यानचेस्टर युनाइटेडले पहिलो जित हासिल गरेको हो। यस्तै गएराति नै सम्पन्न खेलमा टोटनहम हट्सपर गालाटसेरीसँग पराजित भएको छ। १० जनामा सीमित भएको टोटनहम घरेलु टोलीसँग ३–२ गोलले पराजित भएको हो। गालाटसेरीका लागि भिक्टर ओसिमेह्नले २ तथा युनुस अक्गुनले १ गोल गरे। टोटनहमका विल लंकासेर र डोमोनिक सोलान्केले एक–एक गोल गरे। 

खेलको ६०औँ मिनेटमा लंकासेर रातो कार्ड खाँदै बाहिरिएपछि टोटनहम १० खेलाडीमा सीमित भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.