|

पर्वत : नेपालका लागि चिनिया राजदूत छन सोङले चिनिया पक्षले नेपाल सरकारसँग कुराकानी गरेर मुस्ताङको कोरला नाका खुलाउन पहल गरिरहेको बताएका छन्।

पर्वतको फलेवास नगरपालिकामा रहेको भवानी विद्यापीठ विद्यालय अवलोकन तथा फलेवास नगरपालिकाको आयोजनामा भएको स्वागत कार्यक्रममा बोल्दै उनले दुई देशबीचको अन्तरसम्बन्ध नयाँ उचाइमा लैजान कोरला नाका सञ्चालनमा ल्याउनुपर्ने बताए।

नाका सञ्चालनमा ल्याउनका लागि केही समयमा हामीहरू कोरला नाकामा सहयोग गर्ने तयारी गरिएको र यसले दुई देशबीचको सम्बन्ध अझै बलियो बन्ने राजदूत सोङको भनाइ छ। 

चिनिया पक्षले नेपालको केन्द्रीय सरकारसँग कुराकानी गरेर कोरला नाका सञ्चालन गर्दै दुई देशका जनताबीचको सम्बन्ध नयाँ उचाइमा लैजाने प्रयास गर्न लागिरहेको उनले बताए। 

दुई देशको सम्बन्ध विस्तारका लागि दुवै देशहरू लागिरहेको पनि उनको भनाइ छ। उनले दुई देशबीचका जनताको सम्बन्धलाई बलियो बनाइराख्न चिनिया पक्षबाट हुँदै आएको सहयोगलाई जारी राखिने पनि बताएका छन्। 

सोही अवसरमा बोल्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले कृषि, पशुपालन, घरेलु उत्पादन, उद्यम विकास, स्वास्थ्य सेवा, सामुदायिक विद्यालयको विकास लगायतका पक्षमा छिमेकी चीनबाट सहयोगको अपेक्षा गरिएको बताए।

पर्यटनको राजधानी पोखरामा हुन लागेको क्रस कन्ट्री दौड प्रतियोगिताले पनि दुई देशको पारस्परिक सम्बन्धलाई झल्काएको राजदूत सोङको भनाइ छ।

भवानी विद्यापीठमा भएको कार्यक्रममा बोल्दै उनले नेपालबाट अध्ययनका लागि चिन जाने विद्यार्थीहरूलाई छात्रवृत्तिमा अध्ययनको अवसर दिइरहेको भन्दै यसलाई अझै प्रभावकारी बनाउन आगामी दिनमा थप प्रयासहरू गरिने बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.