काठमाडौं : दशैँ-तिहार-छठ सकिएसँगै काठमाडौं फर्किनेको घुइँचो बढेको छ। राजधानी फर्किनेको चापले काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा घुइँचो देखिएको छ।
नेपाल ट्राफिक प्रहरीका अनुसार चाड पर्व मनाउन काठमाडौं छाडेकाहरू लगभग शुक्रबारसम्म ९० प्रतिशत काठमाडौं भित्रिसकेका छन्। यो वर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिलेको वर्षको तुलनामा कम मानिसले राजधानी छाडेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।