|

रुकुमा : नेकपा माओवादी केन्द्रको तर्फबाट पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा जगत घर्ती 'काजु' सिफारिस भएका छन्।

तीनजना आकाङ्क्षी मध्येबाट घर्तीलाई नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ को पार्टी समितिले सर्वसम्मत सिफारिस गरेको हो। घर्ती युद्ध कालदेखि नै नेकपा माओवादी पार्टीमा सक्रिय थिए।

बाग्लुङ भुङ्खानीमा भएको जिप दुर्घटनामा वडा अध्यक्ष जसबहादुर श्रीपालीको निधन भएपछि रिक्त पदमा मंसिर १६ मा उप निर्वाचन हुँदै छ।

पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा  एमाले तर्फबाट जीवन रोका ययअघि नै सिफारिस भइसकेका छन् भने नेपाली कांग्रेसले एमालेकै उमेदवारलाई सघाउने गृहकार्य भइरहेको बुझिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.