|

काठमाडौँ : सत्तारुढ नेकपा (एमाले)ले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएको छ।

शनिवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले ४४ वटा स्थानीय तहको रिक्त पदमा हुने उपनिर्वाचनमा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको हो।

बैठकले प्रदेश कमिटीले सिफारिस गरी पठाएका उम्मेदवारको नाम अनुमोदन पनि गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 

उनले सो उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउनका लागि सम्पूर्ण सामथ्र्यका साथ परिचालन हुन सिंगो पार्टी पंक्तिलाई आह्वान गरिएको पनि बताए।

बैठकले कोशी प्रदेशमा आन्तरिक मामिलामन्त्री लिलवल्लभ अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्ने कोशी प्रदेश कमिटीको निर्णयलाई पनि अनुमोदन गरेको छ। 

एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मुलुकको राष्ट्रिय हितमा अधिकतम रुपमा उपयोग हुने विश्वाससमेत व्यक्त गरेको उपमहासचिव ज्ञवालीले बताए। प्रधानमन्त्री ओलीले यही डिसेम्बर पहिलो साता चीन भ्रमण गर्दै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.