|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा आइतबार सार्वजनिक बिदा दिइएको छ। नगरपालिकाको वडा नं ८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिकाले आइतबार २५ गते स्थानीय सार्वजनिक बिदा दिएको हो।

नगरपालिकाले सूचना जारी गरी त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीमा लाग्ने मेलाका लागि सबै सरकारी तथा गैरसरकारी संघ संस्थामा स्थानीय बिदा दिएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राजबहादुर बिष्टले बताए।

हरेक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा हुने गर्दछ। यो जात्रामा हजारौं दर्शनार्थीको घुइँचो लाग्छ। त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.