|

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दले देखाएको बाटोमा हिँड्न सके राष्ट्रिय एकता सुदृढ एवं सबल हुने विश्वास व्यक्त गरेका छन्।

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १४० औँ जयन्तीका अवसरमा राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्दै सबैमा सहिष्णुता, सद्‍भाव एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। 

‘सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई, सामाजिक अभियन्ताका रूपमा उहाँले समाज सुधारक भई कार्यसमेत गर्नुभएको थियो’, उनको शुभकामना सन्देशमा उल्लेख छ, ‘सामाजिक रुढीवादी अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश अनुसरणयोग्य रहेको छ ।’

उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि फाल्गुनन्द जयन्तीको शुभकामना दिँदै यस जयन्तीले राष्ट्रिय एकता, पहिचान र सामाजिक चेतना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.