विराटनगर : कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले प्रहरीलाई अनुसन्धानमा सहयोग पुर्याउनु आफू काठमाडौ गएको बताएका छन्।
आज प्रहरीको नियन्त्रणमा परेका पूर्वमन्त्री अधिकारीले पत्रकारसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। 'प्रहरीलाई सहयोग पुर्याउनुपर्छ। कानुनलाई सहयोग पुर्याउनु मेरो दायित्व हो, कर्तब्य हो। उनले भने, 'सत्यतथ्य अनुसन्धानमा खुल्छ।'
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण प्रसाद चिमरियाको नेतृत्वमा अधिकारीलाई आज नियन्त्रणमा लिइए पनि हिजैदेखि उनी सादा पोसाकका प्रहरीको नियन्त्रणमा रहेको स्रोतले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।