|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयका केही उच्च कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन्। मन्त्रालयका अनुसार  उनले मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य समूहका दशौँ र एघारौँ तहका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन्।

केही समयअघि स्वास्थ्य सेवा विभाग, उपचारात्मक महाशाखा प्रमुखबाट शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा भएका डा. अनुप बाँस्तोला मन्त्रालय ल्याइएका छन्।

यसैगरी स्वास्थ्य शिक्षा सूचना तथा सञ्चारकेन्द्रमा उपेन्द्र ढुंगाना पठाइएका छन्। त्यस केन्द्रको जिम्मेवारीमा रहेका डा. भक्त केसीलाई मन्त्रालयअन्तर्गतको समन्वय महाशाखामा ल्याएका छन्। 

गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी पनि हेरफेर भएको छ। त्यहाँ कार्यरत डा. विप्लव सापकोटालाई फिर्ता बोलाइएको छ। उनका ठाउँमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा. अशोक श्रीपाइलीलाई पठाइएको छ।

यसैगरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र सिंहदबार वैद्यखाना दुवैको जिम्मेवारी समालेका डा. प्रदीप केसीलाई वैद्यखानामै केन्द्रित हुने गरी जिम्मेवारी तोकिएको छ। विभागको महानिर्देशकका हालसम्म कसैलाई जिम्मेवारी नतोकिएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.