|

काठमाडौं : एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच ‘एलिपे प्लस’ को नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल-पे मर्चेन्टहरूका क्यूआर कोडमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।  

यो सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरओपरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा एलिपे प्लसको नेटवर्कमार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायत देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत  नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरओपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

एलिपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढी इसुइङ उपकरण, ३०० भन्दा बढी अक्वाइरिङ नेटवर्क ९ करोड भन्दा बढी ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन्। एनसीएचएलले एलिपे प्लससँग अन्तर्राष्ट्रिय भुक्तानी साझेदारका रूपमा आबद्ध भई दुई नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको जनाएको छ । यो पहलअनुरुप अब एभरेष्ट बैंक सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका लागि सम्झौता भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.