|

काठमाडौँ : जहाज नपाएपछि सहकारी ठगी मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही लैजाने प्रहरीको तयारी विफल भएको छ। 

सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा कास्की प्रहरीको नियन्त्रणमा रहेका लामिछानेमाथि रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनाको आरोपसमेत छ। 

सोही प्रकरणमा भोलि मंगलबार बिहानै उनलाई रुपन्देही लगिने तयारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी डिएसपी लक्ष्मी खनालले थाहाखबरलाई जानकारी दिइन्। 

सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको संसदीय विशेष छानबिन समितिले औँल्याएपछि उक्त मिडियाका प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट यसअघि अनुमति लिइसकेको छ। 

लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसान्धान गर्न हिजो मात्रै कास्की जिल्ला अदालतले कास्की प्रहरीलाई अनुमति दिएको छ। 

ठगी तथा सङ्गठित अपराधको अनुसन्धानका लागि भन्दै प्रहरीले कात्तिक २ गते लामिछानेलाई रास्वपाको केन्द्रीय कार्यलय बनस्थलीबाट पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.