काठमाडौं : चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरू भएको छ। बलम्बु महालक्ष्मी जात्रा काठमाडौं उपत्यकाको प्राचीन र महत्वपूर्ण जात्रा हो। यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन्।
बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ। यो जात्रा वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात ‘मुः’ अष्टमीबाट सुरू हुन्छ। छ्वयल्बुमा बलम्बुको नेवाः समुदायले आफ्नै लोक परिकारहरू छोयला, तखाः (थलथले), यला (रक्सी) लगायतका परिकार बनाउँछन्। पाहुना बोलाएर खुवाउँछन्। उपत्यकामा जहाँ–जहाँ जात्रा हुन्छ, त्यस बखत आफन्त बोलाएर खुवाउने प्रचलन रहिआएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।