|

काठमाडौं :  स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ। सोमबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदी आज एक हजार ९२५ मा खरिदबिक्री भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.