काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई अन्यायको चक्रब्यूहमा फसाइएको निष्कर्ष दोहोर्याएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका लामिछाने र अन्य शीर्ष नेताहरूबीच भएको अनौपचारिक संवादका आधारमा केन्द्रीय समितिले तयार पारेको सन्देशमा उक्त दाबी गरिएको छ।
राज्यसत्ताको डरलाग्दो, निकृष्ट प्रतिशोध छ भनेर कसैलाई बुझाइराख्नु नपर्ने गरी छर्लङ्ग देखिएको, अनुसन्धानलाई मानमर्दन, धम्की र अपमानको घिनलाग्दो औजार बनाइएको सन्देशमा उल्लेख छ। देश अब त्रासको ताप र छहारीमुनि बाँच्न सक्नेहरूका लागि मात्र हो भन्ने आभास पनि रास्वपाले गरेको छ।
यद्यपि रास्वपा सभापति हतास नभएको बरु आफ्नो मनोबल उच्च राख्दै सबैको हौसला बढाइरहेका रास्वपाले सन्देशमार्फत भनेको छ। अन्यायको सन्देश प्रवाह गर्दै उनले अवसर गुम्ला भन्ने डर नराखी बोलिरहेको रास्वपाले उल्लेख गरेको छ।
देशको अवस्था बेहाल रहेको, जनता निराश हुँदै गएका तर कुशासन र भ्रष्टाचारमा लिप्त रहेको आरोप रास्वपाको छ। कुनै एजेन्डा र आँट नभएको दुई तिहाइको सरकार बरु दल फुटाउने र नेताहरू तर्साउने तिकडमतिर केन्द्रित रहेको रास्वपा सन्देशमार्फत उल्लेख गरेको छ।
सन्देशकाे पूर्णपाठ:–
तपाईंको ईमेल गोप्य राखिनेछ ।