|

काठमाडौँ : अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ। लगातार उकालो लागेको नेप्से परिसूचक आज ११ दशमलव २४ अंकले ओरालो लागेर २ हजार ७४८ दशमलव ९६ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ९३ अंकले ओरालो लागेर ४८८ दशमलव ७८ मा सीमित भएको छ। 

कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ। 

कूल १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँ मूल्यमा खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। 

वेस्ट फाइनान्स ९ दशमलव ९९, एनएलजी इन्स्योरेन्स कम्पनी ९ दशमलव ९९ र समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६१ प्रतिशतले कमाएका छन्। 

गुडविल फाइनान्स ९ दशमलव ३६, आँखु खोला जलविद्युत् कम्पनी ४ दशमलव ९१, माछापुच्छ्रे बैंक ४ दशमलव ५९, अपर हेवाखोला हाइड्रोपावर कम्पनी ३ दशमलव ७१ र हिमालय बैंकको बन्डका लगानीकर्ताले ३ दशमलव ४८ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.