|

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकले डेडिकेटेड विवादमा परेर बिजुली काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ।

आज मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले थाहाखबरलाई जानकारी दिए। 

यसअघि आइतवारको मन्त्रिपरिषद्‍ बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वन गर्ने र २४ घण्टाभित्र काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्न प्राधिकरणको बैठक बसेको थियो।

सरकारले सोमवार नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिसकेको छ। प्राधिकरणले यही कात्तिक ८ गते बक्यौता विवाद रहेका सबै उद्योगको लाइन काटेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.