काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले बक्यौता तिर्न अटेर गर्दा सर्वसाधारणको पनि बक्यौता बढ्न थालेको बताए।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले सर्वसाधारणले पनि महसुल तिर्न आनाकानी गर्न थालेकाले प्राधिकरणको मासिक कलेक्सन घट्न थालेको बताएका हुन्।
‘उद्योगीले अटेर गर्ने अनि लाइन जोड्न विभिन्न निर्णयहरू भइरहेको छ। त्यसको कारणले मेरो प्रत्येक महिना उठ्नुपर्ने अरू महसुल पनि कम उठ्न थाल्यो।’ घिसिङले भने, ‘सर्वसाधारणले पनि पहिला ठूला उद्योगीको बक्यौता उठाउनुस् अनि हामीकहाँ आउनुस् भन्न थाले। महिनामा १०/११ अर्ब उठ्नुपर्ने रकम घट्दै गएर ८ अर्ब मात्रै उठ्न थाल्यो। बक्यौता त रहन्छ तर क्यास फ्लोमा समस्या हुन्छ।’
उनले आफू कुनै पनि हालतम विचलित नहुने भन्दै डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेबापत उद्योगीले तिर्नुपर्ने बक्यौता महसुल उठाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।