|
फाइल तस्वीर

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आइसिसी यू–१९ महिला विश्वकपको एसिया छनोट खेलमा विजयी नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्। 

आज बधाइ सन्देश दिँदै उनले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका छन्।

युनाइटेड अरब इमिरेट्स (युएई)मा भइरहेको प्रतियोगितामा युएईलाई हराउँदै नेपाली महिला क्रिकेट टोलीले विजय हासिल गरी विश्वकप २०२५ मा छनोट भएको छ।

उपराष्ट्रपतिले नेपाली खेलाडीले देखाएको दक्षता, दृढ सङ्कल्प, समर्पण, लगनशीलता, अनुशासन र उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेका छन्। 

नेपाली खेलाडीले भविष्यमा पनि उत्कृष्ट प्रदर्शनमार्फत नेपाल र नेपालीको शीर उच्च राख्ने विश्वास व्यक्त गर्दै उनलेआगामी प्रतियोगितामा सफलताको कामना गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.