|
फाइल तस्वीर

काठमाडौँ : आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएसँग आगामी डिसेम्बरमा मलेशियामा हुने एसीसी यू–१९ महिला एशिया कपमा पनि खेल्ने अवसर पाएको नेपाली यू–१९ महिला क्रिकेट टोलीले प्रतियोगिताको पहिलो खेल पाकिस्तानसँग खेल्नेछ।

६ टोलीको सहभागिता रहने प्रतियोगितामा समूह ‘ए’ मा नेपालसँगै एशियाली ‘पावरहाउस’ भारत र पाकिस्तान रहेका छन्। 

नेपालले आगामी पुस १ गते (डिसेम्बर १६) पाकिस्तानसँग खेल्दै एशिया कपको शुरुवात गर्नेछ।

समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र आयोजक मलेशिया रहेका छन्। 

एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार एशिया कप मंसिर ३० गतेदेखि पुस ७ गते (डिसेम्बर १५ देखि २२) सम्म हुनेछ।

एशिया कपको सहभागिता नेपाललाई विश्वकपको तयारीका लागि गतिलो अभ्यास हुनेछ।

हिजो (बुधवार) यूएईलाई उसकै घरेलु मैदानमा पराजित गर्दै नेपाल सन् २०२५ को जनवरीमा मलेशियामा हुने आईसीसी महिला यू-१९ टी-२० विश्वकपमा छनोट भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.