|

इलाम : नेकपा एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन्।

११ औँ अधिवेशनमा प्रतिद्वन्द्वी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराउँदै बराल अध्यक्ष निर्वाचित भएका हुन्। बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत हात पारे। 

उपाध्यक्षमा उदयबहादुर राई दोहोरिएका छन्। उनले प्रतिद्वन्द्वी उमेश गुरुङलाई ६६ मतान्तरले हराएका हुन्। राईले २५० मत प्राप्त गर्दा गुरुङले १८४ मत पाए। त्यसैगरी उपाध्यक्षमा बुद्धि खनाल १३७ ले मत प्राप्त गरे। सचिवमा रामप्रसाद सुवेदी (सुवेदी) निर्वाचित भएका छन्। उनले प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गरे। सुवेदीले २९२ मत प्राप्त गर्दा अधिकारीले २६८ पाए। 

त्यसैगरी उपसचिव पुरुषमा रमेश राई निर्वााचित भएका छन्। राईले निकटतम प्रतिद्वन्द्वी छवि श्रेष्ठलाई लाई २६ मतान्तरले पराजित गरे। राईले १७९ मत प्राप्त गर्दा श्रेष्ठले १५३ मत प्राप्त गरे।

यस्तै यामबहादुर राईले १३४ र मानविर लुहागुनले ५६ मत प्राप्त गरे। महिला उपसचिवमा दिलकुमार लावती निर्वाचित भएकी छन्। उनले विष्णुमाया रिमाल (आचार्य) लाई  ९२ मतान्तरले पराजित गरिन्। लावतीले ३०९ मत प्राप्त गर्दा रिमालले २१७ मत पाइन्।

निर्वाचनमा कुल ५८८ मतदाता भए पनि ५८१ मत मात्र झरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.