|

काठमाडौं : मानब बेचबिखन विरुद्ध सञ्चालित २० वर्षे अभियानको इतिहास  झल्किने पुस्तक 'मानव बेचबिखन विरुद्ध एटवीनको २० वर्ष' सार्वजनिक भएको छ।

महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समुह एट्वीनको वार्षिक साधारणसभाको अवसरमा लोकार्पण गरिएको उक्त पुस्तकमा मानब बेचबिखन विरुद्ध बितेको २० वर्षमा भएका घटनाक्रम, अहिलेको अवस्था, राज्यको भूमिका, नागरिक समाजको भूमिका, ऐन कानुन लगायतका विषय समेटिएका छन्।

एट्वीनले पहिलो पटक प्रकाशन गरेको पुस्तक मानब बेचबिखन विरुद्ध अध्ययन अनुसन्धानका लागि महत्वपुर्ण सामग्री हुने विश्वास गरिएको छ।  राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, राष्ट्रिय महिला आयोगकी कार्यवहाक अध्यक्ष भगवती घिमिरे, मानव अधिकारकर्मी  शर्मिला कार्की, दुर्गा घिमिरे, डा रेणुराज भण्डारी, अनुराधा कोइराला, गौरी प्रधान, सुवोध प्याकुरेल र पत्रकार टंक पन्तले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.