सप्तरी : राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ।
बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो।
कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो। टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ परेका छन्। उनलाई आज अदातलमा पेस गरिने छ। उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।