|

काठमाडौँ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अनुसन्धानका लागि यति एयरलाइन्सबाट मंगलबार साँझ काठमाडौँ ल्याइएको छ। 

कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि उनलाई आज कास्कीबाट काठमाडौँ ल्याइएको र बुधवारबाट  बयान थालिने काठमाडौँ प्रहरीका प्रवक्ता नवराज अधिकारीले थाहाखबरलाई जानकारी दिए।

छवीको बयान सकिएपछि मात्रै पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइने भएको छ। छवी र रविविरुद्ध गत आइतवार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। 

लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। कास्की प्रहरीको हिरासतमा रहेका कुमार रम्तेललाई भने काठमाडौँ झिकाएर बयान लिइसकिएको छ। रम्तेल पोखरा फिर्ता भएपछि छविलाई बयानका लागि ल्याइएको हो। 

यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनमा रवि र छविलाई लगेर बयान लिइसकिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.