काठमाडौँ : मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका तत्कालीन पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखिने भएको छ।
पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर मानव तस्करीको आरोपमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
उनी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
जापानबाट फिर्ता गरिएका युवाले प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको बयान दिएपछि पूर्वमन्त्री अधिकारी पक्राउ परेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।