|

काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया नबिना दाहाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

नबिनाले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.