|

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि जाहेरी परेको हो। 

चितवनमा रहेको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेसहित १० जना विरुद्ध जाहेरी परेको चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले थाहाखबरलाई जानकारी दिए।

'उनीलगायत १० जनाविरुद्ध जाहेरी परेको छ, अहिले जाहेरीका विषयमा अध्ययन गरिरहेका छौँ', केसीले संक्षिप्त कुराकानीमा भने। यो सँगै उनीविरुद्ध परेको जाहेरी ४ वटा पुगेको छ। 

चितवनमा रहेको साहारा सहकारी ठगीको मुद्दा अदालत पुगिकेको छ। गत असोजमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। यसपटक पुरक जाहेरीमा लामिछानेसहितका १० जनाको नाम किटान गरिएको छ। 

उक्त सहकारीका ३१९ बचतकर्ताको ३७ करोडभन्दा बढी रकम हिनामिना भएको भन्दै निवेदन दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.