काठमाडौँ : प्रहरीले डर त्रास देखाइ धम्क्याएर रकम असुल्ने ३२ वर्षे डा. आशिष दाहाललाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षकसमेत रहेका सूचना अधिकारी काजीकुमार आचार्यकाअनुसार दाहालले ह्वाट्स एपमार्फत अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट हो भन्दै तर्साएर धम्क्याएर ५० हजारदेखि २ लाख रुपैयाँसम्म असुल्ने गरेका थिए।
प्रहरीका अनुसार उनले काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिलाई रकम नदिए भारतको बिहारलगायत अन्य ठाउँबाट कन्ट्रयाक्ट किलर भाडामा लगाइ मारिदिन्छु भन्दै धम्क्याउने गरेका थिए।
प्रहरीले यसरी रकम माग्ने गरेको सूचना पाएको आधारमा काठमाडौँ महानगरपालिका शंखमूल-३१ बाट भोजपुर आम्तेक गाविस वडा नं. ६ हाल परिवर्तित भोजपुर नगरपालिका वडा नं ११ स्थायी घर भएर हाल ललितपुर ग्वार्को सानोगाउँ बस्ने दाहाललाई पक्राउ गरेको हो।
प्रहरीले दाहाललाई अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।