|

विराटनगर : मनमोहन प्राविधिक विश्वविद्यालयमा पुसदेखि कानुन पढाइ सुरु हुने भएको छ। मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको  मनमोहन प्राविधिक विश्व विद्यालयले, एलएलबी र स्नातकोत्तर तहको क्रिमिनल फौजदारी कानुनको पढाइ हुने जानकारी दिएको छ।

प्रविधिमैत्री, व्यावहारिक र समय सान्दर्भिक कानुनी जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित मनमहोनमा कानुन विषयको पढाइ सुरु हुने तयारी गरिएको उपकुलपति डा सुवास श्री पोखरेलले जानकारी दिए।

मनमोहन प्राविधिक विश्वविद्यालयले देशमै पहिलो पटक स्कुल अफ एप्लाइड साइन्स टेक्नोलोजी एण्ड ल अन्तर्गत ‘मनमोहन इस्टिच्युट अफ ल’ स्थापना गरेर नयाँ नमुना पाठ्यक्रममा आधारित भएर कानुनमा स्नातक तह बिबिए एलएलबीको पढाइ सुरु गरेको  र यो पाठ्यक्रम  धेरै विज्ञहरूबाट सुझाव लिएर तयार गरेको  उपकुलपति पोखरेलको भनाइ छ।

यसले कानुन, व्यवस्थापन र प्रविधिमा आधारित दक्ष जनशक्ति मात्र उत्पादन गर्दैन, कानुन व्यवसायीहरूलाई आत्मनिर्भर बनाउने उनको  दाबी छ।

पाँच वर्षे यो पाठ्यक्रमले विद्यार्थीहरूलाई देवानी र फौजदारी मुद्दाहरूमा प्राविधिक खोज अनुसन्धान गर्न सक्षम बनाउने उनले बताए। कानुन विषय पढ्नका लागि विद्यार्थीले पाँच वर्षमा मात्र ४ लाख ५० हजार शुल्क रहेको छ। छात्रवृत्तिको व्यवस्था समेत रहेको विश्व विद्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.