|

काठमाडौँ : रसुवाको कालिका गाउँपालिका १ ग्राङबाट २ किलोग्राम सुनसहित गोसाईंकुण्ड गाउँपालिका ३ बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले बागमती प्रदेश ०२(०४३ प २४३४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार लामाले लगाएको दुवै जुत्ताभित्र लुकाईछिपाई ल्याएको अवस्थामा उक्त सुन फेला पारी पक्राउ गरिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.