|

काठमाडौँ : चितवनको साहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी गरिएको छ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले आज उनीसहित १० जनाविरुद्ध पक्राउका लागि प्रहरीलाईअनुमति दिएका चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले थाहाखबरलाई जानकारी दिए। 

पक्राउ पुर्जी जारी भएकामा रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जना छन्। उनीहरूविरुद्ध केही दिनअघि मात्रै जाहेरी परेको र सोही आधारमा जाहेरी परेका सबैविरुद्ध पक्राउ पुर्जी जारी भएको चितवन प्रहरीले जनाएको छ।  

चितवनको साहारा सहकारीका २४ जना सदस्यले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए। साहाराबाट गोर्खा मिडियासहित ५ वटा कम्पनीमा रकम गएको पाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.