|

दैलेख : कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

जुम्लाबाट टीकापुर गइरहेको ना४ख ६०५६ नं को बस दुर्घटना भएको हो। 

राजमार्गमै बस पल्टिएका कारण सडक अवरुद्ध हुँदा आवागमन रोकिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख टोपबहादुर महतराले जानकारी दिए।

घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको छ। बसमा ३२ जना सवार थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.