दाङ : दाङमा प्रहरीले एक लाखभन्दा बढी रकमसहित जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-६ बस्ने ५९ वर्षीय चेतलाल बुढाथोकी‚ ४० वर्षीय जिवराज डाँगी, तुलसीपुर-१२ का ५६ वर्षीय तिलक केसी, ४३ वर्षीय फिरु चौधरी, तुलसीपुर-१० का ४४ वर्षीय किरणप्रसाद बम, सुदन वली, २९ वर्षीय तिलकराम चौधरी र ४५ वर्षीय कर्ण चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
उनीहरूलाई तुलसीपुर उपमहानगरपालिका-१० पड्डाबाट बिहीवार राति करिब ११ बजेतिर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
उनका अनुसार पड्डास्थित पत्तु चौधरीको घरमा कोठा भाडामा बस्ने चेतलाल अवैध रुपमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट १ लाख ११ हजार ७१० रुपैयाँ नगद र ६१८ पत्ता तास, १६ थान कौरा बरामद गरेको समेत प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।