|

नुवाकोट : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकसँगको सम्बन्ध सुधार गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। 

जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नवनिर्मित भगवती मन्दिर र नागरिक सहायता कक्ष भवन  उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन्।

उनले उक्त नवनिर्मित नागरिक सहायता कक्षको अवलोकन तथा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे। कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावलाई प्रशंसापत्र समेत प्रदान गरे।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित नागरिक सहायता कक्षले सबै सेवाग्राहीहरूका समस्या, गुनासो र सुझावलाई सहज रूपमा राख्न पाउने वातावरण निर्माण हुने बताए। 

प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने अपेक्षा लिइएको समेत उनले उल्लेख गरे। 

नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बर्द्धन र विकासमा सबैको सदैव साथ रहने विश्वास लिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.