|

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ‘छैटौं अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव’ हुने भएको छ।

गाउँपालिकाको आयोजनामा महोत्सव हुने खेल महोत्सव तीन दिन सञ्चालन हुनेछ। यही मंसिर १४ देखि १६ गतेसम्म खेल सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष तथा खेल महोत्सव मूल समितिका संयोजक साबित्रा कोइरालाले बताइन्।

प्रतियोगितामा ७ खेलका २२ विधामा प्रतिस्पर्धा हुनेछ। करिब सात सय खेलाडी सहभागी हुनेछन्। एउटा वडाबाट ९८ जना खेलाडीले विभिन्न खेलमा भाग लिने उनले बताइन्।

खेल महोत्सवमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिण्टन, टेबुल टेनिस, दौड, बुद्धिचाल प्रतियोगिता हुनेछ।

खेल महोत्सवको तयारी पूरा भएको छ। महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नेछन्। मंसिर १४ गते शुक्रबार बिहान १० बजे मिर्मी खेलमैदानमा खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको कोइरालाले बताइन्। बेल्टारी खेल मैदानमा समेत खेल सञ्चालन हुने उनले बताइन्।

कालीगण्डकी गाउँपालिकाले विगत सात वर्षदेखि अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव हुँदै आएको छ।

यहाँका युवा र खेलाडीको मागअनुसार खेल महोत्सव संचालन गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। लुकेर रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउन महोत्सवका रूपमा विभिन्न खेल प्रतियोगिता आयोजना गरेको उनले बताए।

खेलाडीको विकास हुँदै जाने र दक्ष र क्षमतावान खेलाडी उत्पादन हुनेछन्। यहाँ उत्पादन भएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने र यहाँको गौरव बढ्ने थापाले बताए।

  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.