|

काठमाडौं : तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्क जान लागिरहेको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।  बा४ ख ७१११ को  गाडीको ढोकामा झुण्डिएर बसेका यात्रु बाटोमा रोकिरहेको बा३क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर ८ लामबगरमा  दुईजनाको घटस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते एकजनालाई उपचारका लागि हस्पिटल लगिएको छ। अहिले स्थिति नियन्त्रणमा रहेको र दुर्घटनायुक्त  गाडीलाई पुलिसको स्कटिङद्वारा बालाजु चौकीमा ल्याइसकिएको बालालु प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ।

दुर्घटनास्थलका केही तस्वीर 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.