संखुवासभा : संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –२ चेपुवामा धारिलो हतियार खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ।
भोटखोला –२ चेपुवामाखुकुरी प्रहारबाट ५६ वर्षीय तेन्जोङ भोटेको हत्या भएको जिल्ला प्रहरीकार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।
गएराति धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका भोटेको प्राथमिक स्वास्थ्य चौकी च्याम्ताङमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए।
खुकुरी प्रहारबाट भोटेको कम्मरको गहिरो चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीले खुकुरी प्रहार गरी हत्यामा संम्लग्न भएको आरोप सोही ठाउँका ६१ बर्षीय छाङवा भोटेलाई आज बिहान भोटखोलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।